
https://nawadrishti.com/archives/38605
सामुदायिक वनबाट प्राप्त स्रोत, लाभ तथा आयआर्जनका अवसरमा महिलाको समान सहभागिता र अधिकार सुनिश्चित गर्ने विषयमा हेटौँडामा प्रदेशस्तरीय गहन छलफल आयोजना गरिएको छ।
छलफलमा बागमती प्रदेशका सांसद, सम्बन्धित मन्त्रालयका सचिव, वन विज्ञ तथा वन क्षेत्रसँग आबद्ध विभिन्न प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सामुदायिक वनका स्रोतमा महिलाको पहुँच बढाउने, आर्थिक अवसरमा उनीहरूको सहभागिता सुनिश्चित गर्ने तथा वन व्यवस्थापनमा लैङ्गिक समानतालाई थप प्रभावकारी बनाउने विषयमा विचार–विमर्श गरिएको थियो।

