खेर जाने काठमा बुट्टा कुँद्‌ने हामी

मकवानपुर जिल्लाको हेटौंडामा मेरो जन्म भएको हो आर्थिक रुपले सम्पन्न परिवार थिएन तर संख्या भने ठूलो थियो सात जनाको परिवारमा बा-आमा लगायत हामी पाँच सन्तान थियौँ त्यसमा म साइँली हुँ सबैभन्दा ठूलो दाइ हुनुहुन्थ्यो हेटौंडाकै चौघडाको एउटा स्कुलमा मेरो पढाइ भयो पढाइ ठिकै भन्नुपर्छ २०७३ सालमा एसईई दिएकी थिएँ तर फेल भएँ फेरि दोहोऱ्याएर पढ्ने इच्छा त थियो, तर घरको अवस्थाले गर्दा मैले दोहोऱ्याएर पढ्न पाइनँ बरु छोरी मान्छे, छिट्टै बिहे गर्नुपर्छ भनेर घरमा बिहेको कुरा चल्न थाल्यो जीवनमा के गर्छु भन्ने खासै सोच पनि थिएन ०७४ सालमा मेरो बिहे भयो त्यतिबेला म भर्खर १७ वर्षकी थिएँ । कहाँ बिहे भएको ? श्रीमान् के गर्छन् ?

बिहेपछि जीवनको बाटो बदलियो बुहारी भएपछि घरको काम सँभाल्न परिहाल्यो त्यसमाथि दुई छोराको जन्म भएपछि अरु केही गर्न सकिएन पूरा समय घर स्याहार र बच्चा हुर्काउनमै बित्न थाल्यो

त्यहीबेला पढाइ छुटेकाहरूले बेलुकी-बेलुकी पढ्न पाइने एउटा कक्षा सञ्चालन भएको कुरा थाहा पाएँ बहिनीहरू बेलुकी समय मिलाएर जाने गर्थे त्यो देखेर मलाई पनि पढ्न मन लाग्यो तर बच्चाको समस्या भयो घरमा बच्चा हेर्ने कोही थिएन त्यसैले पढ्छु भनेर मनमा पुनः पलाएको इच्छालाई त्यसै थाती राख्नुपर्यो अरु पढ्न गएको टुलुटुलु हेरेर म घरमै बसिरहें

यसरी नै पन्ध्र वर्ष बित्यो छोराहरू हुर्कदै गए तर आफैले केही काम गर्ने मेरो हुटहुटी भने मेटिसकेको थिएन यसै बीच एक दिन हेटौंडा उपमहानगरपालिकाले सिलाइ सम्बन्धी तालिम दिन लागेको थाहा पाएँ म त्यो तालिममा सहभागी भएँ तालिम लिइसकेपछि मैले पनि सिलाइकै काम गर्न थालें एउटा सिलाई पसलमा काम पाएकी थिएँ म सामान्य कपडा कटिङ गरेर सिउन सक्ने भएकी थिएँ तर टेलरिङमा भने मलाई त्यो काम गर्न दिइएन मलाई हेभिङ मात्रै गर्न दिइन्थ्यो एउटा ब्लाउज हेभिङ गरेको दुई रुपैया पाइन्थ्यो एउटा पेटीकोट सिलाएको पाँच रुपैयाँ महिनाको १५०० जति कमाइ हुन्थ्यो तर त्यतिले त पुग्दैनथ्यो त्यसैले अब के गर्ने होला भनेर सोचिरहेकी थिएँ त्यहीबेला सामुदायिक वनमा तालिम खुलेको खबर सुनें काठको बुट्टा कुँद्ने, काठका कलात्मक फ्रेमहरू बनाउने तालिम थियो त्यो म त्यसमा भाग लिन गइहालें त्यहाँ म जस्तै अरु ६०/७० जना जति सहभागीहरु आउनुभएको थियो उहाँहरू विभिन्न चार वटा सामुदायिक वनबाट आउनुभएको रहेछ म चाहिँ पिप्ले सामुदायिक वनको तर्फबाट गएको थिएँ वन महासंघले चलाएको उक्त कार्यक्रममा काठमाडौंबाट आउनुभएका प्रशिक्षकहरूले तालिम दिनुभएको थियो

शुरुमा तालिम कक्षा अत्यन्त अनौठो लागेको थियो काठमा त्यस्तो बुट्टा कसरी बनाउने होला भनेर सोचिरहेको थिएँ फ्रेम पनि कसरी बनाएको होला, केले जोडेको होला भन्ने लागिरहेको थियो त्यहाँ काम गर्न राखिएका ठूल ठूला मेशिनहरू देखेर त झनै अचम्म लागेको थियो यस्तो मेशिन त म जस्तो महिलाले चलाउन सकिँदैन भन्ने लागेको थियो केही साथीहरू यो महिलाले गर्न सक्ने काम होइन भनेर छोडेर पनि गए मलाई पनि यस्तो तालिम नलेऊ भनेका थिए तर म मानिनँ काम सिकेरै छोड्छु भनेर लागिरहें सिक्दै जाँदा त्यो जम्मै आफैले बनाउन सक्ने हुँदै जान थालियो मेशिन पनि मजाले चलाउन सकियो छ महिनासम्म चलेको तालिमले मलाई सीप मात्र सिकाएन, आत्मबल पनि बढाइदियो किनभने तालिमको बीच बीचमा नेतृत्व विकासको पनि कक्षा हुने गर्थ्यो जम्मा ५० जनालाई दिइएको उक्त तालिमबाट अन्तिममा ३० जना छनौट गर्यो त्यो ३० मा म पनि परें हामीलाई आधारभूत तालिमबाट अब एडभान्स तालिम दिइने भयो

एडभान्स तालिम पनि राम्ररी नै सम्पन्न गरेँ त्यो तालिम लिएपछि कामै गर्न सकिने रहेछ म पनि काम गर्न तम्सिहालें न्युरिनी सामुदायिक वन र हाम्रो पिप्ले सामुदायिक वन मिलेर साझेदारीमा काम गरौं भन्ने कुरा भयो साथीहरू तयार भए काम गर्ने हो भने संस्था दर्ता गर्नुपर्छ भनियो तर संस्था दर्ता गर्न जाँदा थाहा भयो, दर्ता गर्न लालपूर्जा पनि चाहिने रहेछ साथीहरू कसैसँग लालपूर्जा थिएन नाता प्रमाणित गर्ने कसैको भए पनि हुन्छ भन्ने कुरा आयो त्यसो भए मसँग लालपूर्जा हुन्छ भनें घरमा सल्लाह गर्दा उद्योग गर्ने हो भने लालपूर्जा राखे हुन्छ भन्ने कुरा भयो मेरो लालपूर्जा राखेको भएर फर्म मेरै नाममा दर्ता भयो काम गर्ने साथीहरू जम्मा नौ जना थियौँ लघु उद्योग सञ्चालन गर्ने भनेर संस्था दर्ता भयो । संस्थाको नाम के हो ? संस्था कहाँ छ ? यो २०७४ सालको कुरा भयो

संस्था दर्ता गरेर शुरु मात्रै गरेका थियौँ, कोरोना महामारी शुरु भयो लकडाउनले गर्दा काम गर्न सकिएन आम्दानी भएन आय आर्जन नभएपछि साथीहरू निराश भए केहीले संस्था छोडे पनि कोही चाहिँ विवाह गरी अन्तै सर्नुभयो नौ जनामा चार जना हटे, हामी पाँच जना मात्रै बाँकी रह्यौँ हामी चाहिँ हरेश नखाई दुःख सहेर भए पनि बसिरह्यौँ कोरोना हटेपछि विस्तारै हामीले काम शुरु गौँ पहिले हामी पातलो काठको मात्रै काम गथ्यौँ पछि मोटो काठको पनि शुरु गौँ मोटो काठमा काम गर्न हेभी हुन्छ भनिन्थ्यो तर हामीले त्यो पनि गौँ हामी काठमाडौंमा भइरहेको कामको अवलोकन गर्न गयौं साथै गुणस्तरीय काम गर्न अर्को दुई महिने तालिम पनि दिनुभयो यसले हामीलाई काम मात्र गर्ने होइन, गुणस्तरीय काम गर्न सिकाइदियो यसपछि हामीले राम्रो, फिनिसिङ सफा भएको र सिधै बजारमा बेच्न सकिने सामानहरू उत्पादन गर्न सक्यौँ अहिले हामीले बनाएको सामान बजारमा राम्रै गइरहेको छ हामीले आफ्नो व्यवसायको वेब साइट पनि बनाएका छौँ त्यहाँबाट पनि अर्डर आइरहन्छ अर्डर अनुसार काम गर्दा सजिलो हुन्छ जति बनायो त्यति बिक्री हुने निश्चित भयो अहिले हामीलाई मोटो काठमा भन्दा पातलो काठमा काम गर्न सजिलो भएको छ किनभने यसको लागि काठ ल्याउन सजिलो छ फ्रेम बनाउँदा तौल कम भएर सस्तोमा पाइने भयो सस्तोमा दिन सकिने भएपछि अर्डर पनि बढ्न थाल्यो यसले गर्दा साथीहरूको काम पनि बढ्न थाल्यो अहिले हामी १० जना यसमा नियमितै काम गरिरहेका छौँ केही साथीहरू घरमै बसेर पिसको आधारमा पनि काम गरिरहेका छन् अहिले हामी मासिक डेढ सय फ्रेम बनाएर बजारमा पठाउँछौँ यो हाम्रो लागि राम्रो हो नगरपालिका, वन कार्यालय जस्ता सरकारी कार्यालयहरूले नेपाली महिलाहरूले बनाएको सामान प्रयोग गर्नुपर्छ भनी हाम्रा सामानहरू किनेर लाने गर्छन् यो एउटा राम्रो चलन आएको जस्तो लाग्छ अहिले त काठमाडौंमा पनि हाम्रो सामानको बिक्री बढ्न थालेको छ हाम्रो सामान सबैभन्दा बढी खपट हुने त हेटौंडामै हो अहिले पोखरा पनि जान्छ आफ्नो उत्पादनको मार्केटिङ गर्न अब हामीले एउटा ठूलो टीम बनाउने पनि बिचार गरिरहेका छौं अहिले हामीले बनाएको फ्रेम र ठेकीको राम्रो बजार छ ठेकी त एउटैको १५ हजारसम्म आउँछ हामीलाई चौकोसको अर्डर आइरहेको छ, तर नभ्याएर बनाउन पाएका छैनौँ अब हामी आफ्नो उत्पादन पनि बढाउने तयारीमा छौं सामान बजारमा जान थालेपछि हाम्रो आम्दानी पनि बढ्न थालेको छ अहिले घरभाडा १५ हजार तिरेर हामी काम गर्ने पाँच जनाको खर्च कटाउँदा पनि पैसा बच्न थालेको छ त्यो हाम्रो आम्दानी नै भयो हिजो हामी काम नभएर खाली बस्ने गथ्यौं अहिले काम गरेर अरुलाई समेत सानोतिनो काम दिन सक्ने भएका छौँ सामुदायिक वनले हामीलाई एउटा कोठा पनि दिएको छ वार्षिक १५ लाख जति आम्दानी हुन्छ दश जना नियमित रुपमै काम गर्नेहरू छन् सबैले मासिक २५ देखि ३० हजार कमाउँछन् १५ हजारभन्दा कम कसैको छैन हामी पाँच जनाले लगानी पनि गरेकाले थप आम्दानी पनि बराबरी बाँड्ौँ काम गर्ने मान्छे नपुगेर अरुलाई पनि बोलाइरहेका छौँ तर श्रीमान्ले पठाएन भनेर आउन मानिरहेका छैनन् हामी उनीहरूको घर घरमा गएर श्रीमानलाई समेत सम्झाइ बुझाइ गरिरहेका छौँ सकिन्छ भने हाम्रो कार्यालयमै आएर काम गर्ने, सकिँदैन भने घरमै बसेर पिसको आधारमा काम गर्ने महिलाहरूलाई घरमा बसेर पनि कमाउन सक्ने बनाएका छौं

यो काममा लागेपछि हामीले कमाउने मात्र होइन, अरु पनि विभिन्न कुराहरू सिक्ने अवसर पाएका छौँ वनको महत्व, वातावरणको महत्व हामीले बुझ्न पायौँ चार जना मान्छेको सामु उभिएर बोल्ने र आफ्नो कुरा राख्न सक्ने भएका छौ वनमा खेर जाने काठलाई पनि बुट्टा कुँदेर उपयोगी बनाउने र त्यसबाट आय आर्जन गर्न सकिने रहेछ भन्ने कुरा बुझ्यौँ हामी अहिले समय समयमा वन जान्छौँ र बोटविरुवाको हेरचाह गछौँ वनलाई सुरक्षित गौँ भने वनले पनि हाम्रो सुरक्षा गर्दो रहेछ वनमा खेर जाने काठमा बुट्टा कुँदेर हस्तकलाको काम गर्ने भनेपछि अहिले हामीलाई बाहिर समेत चिन्नेहरू छन् यसबाट हामीले स्याबासी पनि पाइरहेका छौँ

घर चलाउन महिलाको पनि ठूलो भूमिका हुन्छ भन्ने कुरा अब हामीले बुझ्न थालेका छौँ महिला पनि सबल र स्वतन्त्र हुने हो भने उसले पनि आय आर्जन गर्नुपर्छ सधैं अरुको भर पर्नु हुँदैन बिहान उठेदेखि नै विभिन्न खर्च शुरु हुन थाल्छ दूध किन्न, तरकारी किन्न, बच्चाहरूलाई स्कुल पठाउन पैसा चाहिन्छ यस्ता सानो सानो खर्चहरू महिला आफैले जोहो गर्न सकियो भने अरुसँग मागिरहनु परेन हामीले आफ्नो बचतको पूरा हिसाब पनि राखेका छौँ यति भयो भने कसैप्रति निर्भर हुनु परेन महिला सशक्तीकरण भनेको यही हो कि जस्तो लाग्छ