Stories

A life covered by a blanket

Although the dhakia is a common tool made from grass- loke plants found in the forest, it has a great signigicae in our Tharu society. The use of dhakia has been unique in the social and cultural activities of the Tharus. Therefore, the work of weaving dhakia is prevalent in every household ogf the Tharu society. Since I was a…

From Waste to Worth: Carving Unwanted Wood into Money (खेर जाने काठमा बुट्टा कुँद्‌ने हामी)

मकवानपुर जिल्लाको हेटौंडामा मेरो जन्म भएको हो । आर्थिक रुपले सम्पन्न परिवार थिएन । तर संख्या भने ठूलो थियो । सात जनाको परिवारमा बा-आमा लगायत हामी पाँच सन्तान थियौँ । त्यसमा म साइँली हुँ । सबैभन्दा ठूलो दाइ हुनुहुन्थ्यो । हेटौंडाकै चौघडाको एउटा स्कुलमा मेरो पढाइ भयो । पढाइ ठिकै भन्नुपर्छ । २०७३ सालमा एसईई दिएकी थिएँ । तर फेल…

Identity made by Gundruk: A Story of Taste (गुन्द्रुकले बनाएको पहिचान)

चितवनको एक निम्न मध्यमवर्गीय गुरुङ परिवारमा मेरो जन्म भएको हो । बुबाले मेरो दाजु र भाइलाई सरकारी स्कुलमा पढाएर मलाई बोर्डिङमा पढाउनुभएको थियो । छोरी मान्छेले पनि केही गरी देखाओस् भन्ने बुबा र आमाको इच्छा थियो । सरकारी स्कुलमा पढ्ने मेरा अरु साथीहरू अक्सर घुम्न गइरहेका हुन्थे । तर बोर्डिङ स्कुलमा धेरै बिदा नहुने भएकोले म जान पाउँदिन थिएँ ।…

Learn the Skill and get Empowered in Own Country (सीप सिकौँ, विदेश जानै पर्दैन)

मानिसको जीवन अनिश्चित छ । महिलाको झनै अनिश्चित रहेछ । रामेछापको चिसापानी गाउँपालिकामा जन्मिए पनि बुबा धनुषा सरे पछि मेरो पनि बाल्यकाल धनुषामै बित्यो । बुबा जनकपुर चुरोट कारखानामा काम गर्नुहुन्थ्यो । म धनुषाको गाउँमा पढ्न जान्थें । दश पास भए पछि प्लस टु पढ्न जनकपुर जानुपर्ने भयो । २०५६ सालमा बल्ल बल्ल प्लस टु सकाएँ । त्यसपछि के गर्ने…

Sustaining Life with Soap (साबुन बनाएर परिवार चलाउँछु)

चितवनको गैंडाधाप भन्ने खोलाको सुनसान बगरमा एक गरिब राई बुबा र एक सोझी तामाङनी आमाको कोखबाट मेरो जन्म भयो । त्यो ठाउँमा न हाम्रो कुनै घर थियो, न खेत । बुबा त्यहींकै एक स्थानीय बाहुनको घरमा हली बस्नुभएको थियो । बुबा बाहुनकै खेतमा हलो जोत्नुहुन्थ्यो । आमा बाहिर मेलापात गर्नुहुन्थ्यो । बाहुनले नै दिएको सानो गोठमा हामी बस्थ्यौँ ।२०४१ सालमा…

Known as “Gundruke Sister” (हेटौंडाकी ‘गुन्द्रुके बहिनी’)

तनहुँको आँबुखैरनीमा बुबा लालबहादुर गुरुङ र आमा कौशिला गुरुङको कोखबाट मेरो जन्म भएको हो । हाम्रो परिवार त सामान्य नै थियो तर घरमा हामी दश दाजुभाइ थियौं । आमाबुबाका दश छोराछोरी मध्ये म सातौं नम्बरकी सन्तान थिएँ । सन्तान धेरै भएकोले घर चलाउन गाह्रो थियो । हामीलाई हुर्काउन पनि आमाबालाई कष्ट परेको थियो । बुबा भारततिर काम गर्न जानुहुन्थ्यो ।…

Turning Mugwort Leaves into Soap (निःशुल्क पाइने तितेपातीबाट साबुन उत्पादन)

मकवानपुरको मनोहरी गाउँपालिका वडा नं. ४ मा घर भए पनि मेरो माइती भने नवलपरासी जिल्ला हो । मेरो श्रीमान अनिल वनकरिया यही ठाउँका स्थानीय वनकरिया समुदायका हुनुहुन्छ । म भने नवलपरासीको मगर समुदायबाट आएकी हुँ। तीन वर्ष अघि हाम्रो प्रेम विवाह भएको हो । फेसबुकमा उहाँसँग परिचय भएको थियो । मेसेन्जरमा कुराकानी गर्दागर्दै हाम्रो प्रेम बस्यो । मलाई उहाँ एकदम…